नियम १०८
सजायको आदेश र नक्कल सम्बन्धी कार्यविधि
(१) कर्मचारी उपर कुनै विभागीय
सजायको निर्णय गर्दा सजायको आदेश दिन पाउने अधिकारीले सम्बन्धित कर्मचारीलाई
सफाई वा स्पष्टीकरण पेश गर्न पर्याप्त मौका प्रदान भए नभएको समेत विचार गरी निज
कर्मचारीबाट पेश भएको सफाई, स्पष्टीकरण तथा उपलब्ध सम्पूर्ण सबुद प्रमाणको
समुचित मूल्याङ्कन गरी स्पष्ट कारण खुलाई निर्णय गर्नु पर्नेछ । यसरी सजायको आदेश
दिन पाउने अधिकारीले सजायको आदेशको सम्बन्धमा आफ्नो स्पष्ट रायसाथ अनुसूची–
१८ बमोजिम निर्णय गर्नु पर्नेछ ।
(२) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कर्मचारीलाई
एउटा सजाय प्रस्तावित गरी सफाई, स्पष्टीकरण माग गरेर पछि अर्काे सजाय दिने गरी
निर्णय गर्नु हुदैन ।
तर कुनै कारण परी घटी वा बढी सजाय गर्नु पर्ने अवस्था परेमा नियम १०६ र१०७ को कार्यविधि पुन पूरा गर्नु पर्नेछ ।
(३) सजायको आदेश दिन पाउने अधिकारीले उपनियम (१) बमोजिम कुनै पनि
कर्मचारीलाई विभागीय सजाय दिने निर्णय गर्दा निर्णय मिति भन्दा पहिलेदेखि लागू हुने
गरी निर्णय गर्नु हुदैन ।
(४) सजायको आदेश दिन पाउने अधिकारीको सम्बन्धमा उपनियम (१) बमोजिम
भएको विभागीय सजायको आदेशको एक प्रति नक्कल सजायको आदेश दिन पाउने
अधिकारीले सम्बन्धित कर्मचारीलाई विना दस्तुर दिनु पर्नेछ ।